हेटौंडामा विद्यालयस्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११, थानाभर्याङस्थित कभर्ड हलमा विद्यालयस्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।
भदौ २७ गतेदेखि २९ गतेसम्म संचालन हुने उक्त ब्याडमिन्टन प्रतियोगिता मकवानपुर जिल्ला ब्याडमिन्टन संघको आयोजनामा हुन लागेको हो ।
ब्याडमिन्टन खेलाडी तथा उद्यमी स्वर्गीय बीके बोसको स्मृतिमा पहिलो पटक प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
उक्त प्रतियोगितामा सहभागी हुनका लागि भदौ २५ गतेसम्म नाम दर्ता गराइसक्नुपर्ने आयोजकले जनाएको छ ।
जिल्ला व्याडमिन्टन संघको कार्यसमितिको बैठकको निर्णय अनुसार प्रतियोगिता आयोजना गर्न लागको भन्दै संघका सदस्य नरेन्द्र मोक्तानले प्रतियोगिताको पुरस्कार राशिबारे पछि निर्णय गरिने जानकारी दिए ।
प्रतियोगिताका लागि १ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको उनको भनाई छ ।
