विपद्को घटनामा परेर १९० जनाको मृत्यु
काठमाडौं । गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्को घटनामा परी सोमबार दिउँसोसम्म १ सय ९० जनाको मृत्यु भएको छ ।
बाढी, पहिरो लगायतका विपद्मा परी कोशी प्रदेशमा २७ जना, मधेश प्रदेशमा ८ जना, बागमती प्रदेशमा ३५ जना, गण्डकी प्रदेशमा ५६ जना, लुम्बिनी प्रदेशमा ३६ जना, कर्णाली प्रदेशमा १३ जना र सुदूरपश्चिम प्रदेशमा १५ जना गरी जम्मा १ सय ९० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, कोशी प्रदेशमा ३८ जना, मधेश प्रदेशमा १२ जना, बागमती प्रदेशमा ३४ जना, गण्डकी प्रदेशमा ४५ जना, लुम्बिनी प्रदेशमा १८ जना, कर्णाली प्रदेशमा ५७ जना र सुदूरपश्चिम प्रदेशमा ३४ जना गरी जम्मा २ सय ३८ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ ।
यस्तै, सो अवधिमा विपद्को घटनामा परेर ४९ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेहरुमा कोशी प्रदेशका २ जना, मधेश प्रदेशका १ जना, बागमती प्रदेशका ४१ जना, गण्डकी प्रदेशका २ जना, लुम्बिनी प्रदेशका १ जना, कर्णाली प्रदेशका १ जना र सुदूरपश्चिम प्रदेशका १ जना रहेका छन् । उनीहरुको खोजीकार्य जारी रहेको जनाइएको छ ।
