बझाङमा पहिरोः एकै परिवारका ४ जना बेपत्ता

तु खबर संवाददाता
२०८१ भाद्र ३, सोमबार ०८:१५

काठमाडौँ । बझाङमा पहिरोले पुरिएर एकै परिवारका ४ जना बेपत्ता भएका छन् ।

गएराति बुङ्गल नगरपालिका वडा नम्वर १० को टुमेडामा पहिरो जाँदा ४ जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

स्थानीय वी बहादुर धामीको घर पुरिंदा ४ जना बेपत्ता भएका हुन् ।

अन्य ६ जनाले भने भागेर ज्यान जोगाएका थिए । थप विवरण आउँन बाँकी छ ।