सुनको भाउमा नयाँ रेकर्ड, कतिमा कारोबार हुँदैछ आज ?
काठमाडौं । नेपाली बजारमा आइतबार सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको भाउमा नयाँ रेकर्ड कायम भएको जनाएको हो ।
महाशाखा अनुसार, आज छापावाल सुनको भाउ प्रतितोला १ लाख ५२ हजार ६०० रुपैयाँ कायम भएको छ । यो हालसम्मकै उच्च हो ।
अघिल्लो कारोबार अर्थात् गत शुक्रबार छापावाल सुनको भाउ तोलामा १ लाख ४९ हजार ६०० रुपैयाँ कायम भएको थियो ।
यस्तै, आइतबार चाँदीको भाउ पनि बढेको छ । आज चाँदी प्रतितोला १ हजार ८१० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार चाँदी तोलामा १ हजार ७६० रुपैयाँ कायम भएको थियो ।
