नबिल बैंकले भदौ ७ गते बुक क्लोज गर्ने
काठमाडौं । नबिल बैंककले यही भदौ ७ गते बुक क्लोज गर्ने भएको छ ।
गत साउन २७ गते बसेको बैंक सञ्चालक समितिको निर्णयानुसार भदौ १७ गते सोमबार विशेष साधारणसभा बस्दैछ ।
सोही साधारण सभाको प्रयोजनका लागि बैंकले ७ गते एक दिन शेयरधनी दर्ता किताब बन्द गर्ने जानकारी दिएको छ ।
बैंकले प्राथमिक पुँजी वृद्धिका लागि सेयर जारी गर्ने सन्दर्भमा उक्त दिनका लागि विशेष साधारणसभा बोलाएको हो ।



