देशभर हैजा संक्रमितको संख्या ५५ पुग्यो
काठमाडौं । नेपालमा हैजा संक्रमित संख्या ५५ जना पुगेको छ । देशको विभिन्न जिल्लामा थप ५ जना संक्रमित भेटिएसँगै हैजा संक्रमितको कुल संख्या ५५ पुगेको हो ।
स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) शाखाले दिएको जानकारी अनुसार, देशको विभिन्न पाँच जिल्लामा परी हैजा संक्रमितको संख्या ५५ पुगेको हो ।
जसमध्ये सबैभन्दा धेरै ललितपुर जिल्लामा रहेका छन् । त्यहाँ मात्र ४१ जना हैजा संक्रमित छन् ।
यस्तै, कैलालीमा ८ जना, काठमाडौंमा ४ जना र प्युठानका २ जनालाई हैजाको सङ्क्रमण पुष्टि भएको छ ।
बर्खायाममा खानेपानीसँग दूषित पानी मिसिने सम्भावना बढी हुन्छ । यो मौसममा खानेपानीको शुद्धतामा ध्यान दिन ईडीसीडीले सबैलाई आग्रह गरेको छ ।
