मन्त्रिपरिषद् बैठकः भलिबल खेलाडीलाई जनही ३ लाख दिने निर्णय
काठमाडौं । सरकारले काभा वुमेन्स नेशनल भलिबल लिग २०२४ मा नेपालको तर्फबाट सहभागी जनाएका खेलाडीलाई जनही ३ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।
बिहीबार बसेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठकले उक्त लिगमा सहभागी १४ जना महिला भलिबल खेलाडीलाई जनही ३ लाख रुपैया दिने निर्णय गरेको हो ।
यस्तै, बैठकले मुख्य प्रशिक्षक १ जनालाई २ लाख एवम् व्यवस्थापक १, सहायक प्रशिक्षक १ र फिजियो १ गरी ३ जनालाई जनही १ लाख २० हजार रुपैयाँका दरले पुरस्कृत तथा सम्मान गर्ने निर्णय गरेको छ ।
उनीहरु राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ को नियम २८ बमोजिम काभा वुमेन्स नेशनल भलिबल लिग २०२४ मा नेपालको तर्फबाट सहभागी भएका थिए ।
उक्त लिगमा नेपाल उपबिजेता बनेको थियो ।
