आज यी प्रदेशमा भारी वर्षा हुने
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशको विभिन्न प्रदेशमा भारी वर्षा हुने जनाएको छ ।
महाशाखाले बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको हो ।
यस्तै, महाशाखाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
महाशाखाका अनुसार, हाल देशभर मनसुनी वायुको प्रभाव रही मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।
त्यसको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बदली रही केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जनाइएको छ ।
