विपद्को घटनामा परी १७४ जनाको मृत्यु

तु खबर संवाददाता
२०८१ श्रावण ३१, बिहीबार ०९:३९

काठमाडौं । देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्को घटनामा परी १ सय ७४ जनाको मृत्यु भएको छ ।

गत जेठ २८ गतेदेखि बुधबार दिउँसोसम्म बाढी, पहिरो लगायतका विपद्को घटनामा परी उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, तीमध्ये सबैभन्दा धेरै गण्डकी प्रदेशमा विपद्को घटनामा परेर मृत्यु भएका छन् । त्यस प्रदेशमा विपद्को घटनामा परेर ५४ जनाको मृत्यु भएको छ ।

यसैगरी, कोशी प्रदेशमा २६ जना, मधेश प्रदेशमा ८ जना, बागमती प्रदेशमा ३४ जना, लुम्बिनी प्रदेशमा ३३ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा ११ जनाको विपद्को घटनामा परेर मृत्यु भएको छ ।

यस्तै, सो अवधिमा विपद्को घटनामा परेर २ सय २४ जना घाइते भएका छन् । घाइते हुनेहरुमा कोशी प्रदेशमा ३७ जना, मधेश प्रदेशमा ११ जना, बागमती प्रदेशमा ३४ जना, गण्डकी प्रदेशमा ४६ जना, लुम्बिनी प्रदेशमा १३ जना, कर्णाली प्रदेशमा ५५ जना र सुदूरपश्चिम प्रदेशमा २८ जना रहेका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ ।

साथै, बाढी–पहिरोमा परी कोशी प्रदेशमा २ जना, मधेश प्रदेशमा १ जना, बागमती प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा २ जना, लुम्बिनी प्रदेशमा १ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा १ जना गरी ४९ जना बेपत्ता भएका छन् । बेपत्ता उनीहरुको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।