आज भारी वर्षाको सम्भावना

तु खबर संवाददाता
२०८१ श्रावण ३१, बिहीबार ०९:२४
file-photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

महाशाखाले आज कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको हो ।

ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैलाई आग्रह गरेको छ ।

महाशाखाका अनुसार, हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।