पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध

तु खबर संवाददाता
२०८१ श्रावण ३०, बुधबार ०८:४५
file-photo

काठमाडौं । वर्षासँगै आएको पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध बनेको छ ।

चितवनको इच्छाकामना गाउँपालिका–३ मौवाखोलामा पहिरो खस्दा उक्त राजमार्ग आज बिहानैदेखि अवरुद्ध भएको चितवन प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, पहिरो गएको ठाउँमा सडक एकतर्फी बनेको छ ।

यस्तै इच्छाकामना गाउँपालिका–३ कै चुम्लिङटारमा ढुङ्गा खसेपछि राजमार्ग दुईतर्फी अवरुद्ध भएको जनाइएको छ ।

सडक अवरुद्ध भएपछि काठमाडौं, पोखरा तथा नारायणगढ जाने सवारी साधन रोकिएको छ ।

पहिरो पन्छाई राजमार्ग खुलाउने प्रयास भइरहेको जनाइएको छ ।