आज नेप्से घट्यो, २१ अर्ब ५१ करोडको कारोबार
काठमाडौं । आज साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार । आज नेपाली बजारमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) घटेको छ ।
सोमबारको तुलनामा आज नेप्से ८ दशमलव १८ अकंले घटेर २९२३ दशमलव ४६ बिन्दुमा कायम भएको छ ।
आज ३३२ कम्पनीको ५ करोड २७ लाख ६४ हजार ८३२ कित्ता शेयर किनबेच भएको छ भने २१ अर्ब ५१ करोड ५० लाख १० हजार रुपैयाँको शेयर कारोबार भएको छ ।
यसअघि हिजो २७ अर्ब २४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
यसदिन (आज) पाँच उपसूचकमा मात्र हरियाली देखिएको छ ।



