नेप्सेमा ७०.८१ अंकको वृद्धि, कारोबारमा नयाँ रेकर्ड

तु खबर संवाददाता
२०८१ श्रावण २८, सोमबार १६:२१

काठमाडौं । आज साता कारोबारको दोस्रो दिन अर्थात सोमबार । आज नेप्से ७० दशमलव ८१ अंकले बढ्दै २९ सय ३१ दशमलव ६५ विन्दुमा उक्लिएको छ ।

सोमबार हालसम्मकै उच्च २७ अर्ब २४ करोड २० लाख रुपैयाँ बराबरको ६ करोड ४८ लाख ७६ हजार कित्ता सेयर कारोबार भएको छ ।

आइतबार ४० अंकले सूचक बढेको बजारमा २५ अर्ब ९३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । उक्त रेकर्ड २४ घण्टा नबित्दै अर्को रेकर्ड बनाइएको हो ।

यस दिन १७१ कम्पनीको सेयर मूल्य बढ्दा जम्मा ६८ कम्पनीको मात्र मूल्य घटेको छ ।