कतिमा कारोबार हुँदैछ सोमबार सुनचाँदी ?
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउ सामान्य घटेको छ । आइतबारको तुलनामा सोमबार सुन प्रतितोला १०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार, भाउ घटेसँगै सोमबार सुन प्रतितोला एक लाख ४८ हजार ७०० रुपैयाँ कायम भएको छ ।
यसअघि आइतबार सुनको भाउ तोलाको एक लाख ४८ हजार ८०० रुपैयाँमा कायम भएको थियो ।
यस्तै, आज चाँदी प्रतितोलाको १ हजार ७१५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो प्रतितोला १ हजार ७२० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार भने ५ रुपैयाँले घटेर कारोबार भएको हो ।
