आज साउनको अन्तिम सोमबार, यस्तो देखियो हेटौंडा पशुपतिनाथ मन्दिर (फोटोफिचर)
मकवानपुर । आज साउनको अन्तिम सोमबार । आज देशभरका शिवालयमा बिहानैदेखि भक्तजनहरुको घुइँचो लागेको छ ।
बागमती प्रदेशको राजधानी हेटौंडास्थित पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनहरुको भीड लागेको छ ।
साउन महिना भगवान् शिवको महिना र सोमबार भगवान् शिवको प्रिय बार भएकाले ब्रत बस्ने परम्परा रहेको छ । यस दिन शिवको पूजा, आराधना गरिन्छ ।
आजको दिनमा महिलाहरूले विशेष गरी हरियो रङका वस्त्र, चुरा र मेहन्दी लगाएर भगवान् शिवको पूजा तथा आराधना गर्ने प्रचलन छ ।
उक्त कार्य गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहेको छ । त्यस्तै ज्ञान प्राप्ति हुनुका साथै अविवाहित स्त्रीले असल पति पाउँ भनी सोमबार व्रत बस्ने चलन अझ बढी रहेको छ ।
आज हेटौंडाको भुटनदेवी, त्रिवेणीधाम, भीमफेदीको त्रिखण्डी मन्दिर लगायत शिवको मन्दिरमा विहानैदेखि ब्रतालुहरुले प्रजा–आरधाना गरिरहेका छन् ।
हेर्नुहोस् फोटो ।













