फोनिज बागमती प्रदेश समितिको २५ औँ स्थापना दिवस सिन्धुलीमा

तु खबर संवाददाता
२०८१ श्रावण २७, आईतवार १६:२८

सिन्धुली । नेपाल आदीवासी जनजाति पत्रकार महासंघ नेपाल बागमती प्रदेश समिति को २५ औँ स्थापना दिवस तथा रजत वर्ष समारोह सिन्धुलीमाढीमा भव्यताका साथ मनाइएको छ ।

बागमती प्रदेश उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री सुकमाया तामाङले पानसमा बत्ति बालेर फोनिज बागमती प्रदेश समितिको २५ औँ स्थापना दिवस तथा रजत वर्ष समारोहको उद्घाटन गरेकी हुन् । यस वर्ष साउन २७ गते स्थापनाको २५ वर्ष पूरा गरी २६ वर्ष प्रवेश गरेको अवसरमा स्थापना दिवसलाई रजत वर्षको रुपमा मनाइएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेश उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री सुकमाया तामाङले आदीवासी जनजातिहरुको सक्रिय आन्दोलनको कारण नै राज्यले हकअधिकार स्थापित गर्न बाध्य भएको बताएन् । उनले जनजातिहरुको हकअधिकार प्राप्तिको लागि गैरजनजातिको पनि महत्वपुर्ण भूमिका रहेको भन्दै धन्यवाद व्यक्त गरिन् ।

तामाङ, नेवार लगायत अन्य समूदायको बाहुल्यता रहेको बागमती प्रदेशमा वर्षाेदेखि आन्दोलनरत जनजातिहरुले तामाङ र नेवार भाषा सरकारी कामकाजीको रुपमा कार्यान्वयमा आएसँगै बल्ल खुसीको महशुस गर्न पाएको उनले बताइन् ।

आदीवासि जनजाती एवम् अन्य जातजातिको अबको लक्ष्य भनेको आर्थिक शसक्तिकरण कसरी गर्न सकिन्छ भन्ने मुख्य कुरा रहेको बताउँदै उनले राज्यको आधा अपूरा कामहरु पूरा गर्ने यात्रामा पत्रकाहरुले पनि हातेमालो गर्ने आसा राखेको सुनाइन् ।

बामगती प्रदेश सदस्य मातृकाप्रसाद भट्टराईले माथिल्लो ओहोदामा बस्ने व्यक्तिहरु जनतालाई झुक्याउने र छल्ने काममा व्यस्त भएको आरोप लगाए । जतापनि ठिक्क पार्ने भाषणमा जनतालाई मोहित बनाउनछन् तर आफु अनुकुल काम गर्ने पाएको उनले बताए ।