मुटु, कलेजोलगायत भित्री अंगले काम नगरेपछि गायक प्रकाश तिमल्सिनाको निधन
काठमाडौँ । गायक प्रकाश तिमल्सिना मृत अवस्थामा भेटिएका छन् । ललितपुरमा शनिबार आफैं बस्दै आएको ठाउँमा उनी मृत अवस्थामा भेटिएका हुन् । उनको शवको पोस्टमार्टम् भएको छ । पाटन अस्पतालमा पोस्टमार्टम् गरिएको हो ।
चिकित्सकले मुटु, कलेजो लगायत भित्री अंगले काम नगरेपछि तिमल्सिनाको मृत्यु भएको बताएका छन् ।
३५ वर्षीय तिमल्सिना श्रीमतीसहित ललितपुर बस्दै आएका थिए । तर घटना हुँदा पत्नी भने विराटनगरमा थिइन् । उनी काठमाडौं आइपुगेपछि प्रहरीले आवश्यक प्रकृया अगाडि बढाएको हो ।
