आइतबार नेप्से ९४ अंकले बढ्यो
काठमाडौं । आज साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा वृद्धि आएको छ ।
यस दिन नेप्से परिसूचक ९४ दशमलव ५३ अंकले बढेर दुई हजार ८ सय ६० दशमलव ९१ को विन्दुमा कायम भएको जनाइएको छ । यो गत साताको बिहीबारको तुलनामा ३ दशमलव ४१ प्रतिशतको वृद्धि हो ।
यस्तै, आज ३ सय ३० कम्पनीको ६ करोड तीन लाख २१ हजार तीन सय २३ कित्ता शेयर दुई लाख ७५ हजार दुई सय सात पटक खरिद बिक्री भएको छ भने रु २५ अर्ब ७७ करोड ९४ लाख ५३ हजार पाँच सय ९ बराबरको कारोबार भएको छ ।
यस दिन सबै समूहको उपसूचक हरियो देखिएको छ ।
