मृत अवस्थामा भेटिए गायक प्रकाश तिमिल्सिना
काठमाडौं । गायक प्रकाश तिमिल्सिना मृत अवस्थामा भेटिएका छन् ।
उनी ललितपुर महानगरपालिका–१८ आदिनाथ मार्गस्थित आफ्नै कोठामा मृत भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, तिमिल्सिना शनिबार राति ९ बजेतिर बेडमा मृत भेटिएका हुन् । उनको शव पोस्टमार्टमका लागि पाटन अस्पतालमा लगिएको छ ।
उनको आजै पशुपतिमा अन्त्येष्टि गर्ने पारिवारिक स्रोतले जनाएको छ ।
त्यसअघि उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानमा राखिने जनाइएको छ ।
स्व. तिमिल्सिनाका ‘प्रिय तिम्रो सिउँदोमा सिन्दूर भर्न देऊ ‘, ‘तिम्रो हातको सिन्दूर’, ‘जुन भन्दिन’, ‘नमान लाज यसरी’ लगायतका चर्चित गीतहरू छन् ।
