विपद्को घटनामा परेर १६७ जनाको मृत्यु, ५० जना बेपत्ता

तु खबर संवाददाता
२०८१ श्रावण २३, बुधबार १७:४८
सांकेतिक तस्वीर

काठमाडौं । गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्को घटनामा परेर बुधबार दिउँसोसम्म १ सय ६७ जनाको मृत्यु भएको छ ।

बाढी, पहिरो लगायतका विपद्को घटनामा परी कोशी प्रदेशमा २५ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा ३३ जना, गण्डकी प्रदेशमा ५२ जना, लुम्बिनी प्रदेशमा ३३ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, सो अवधिमा विपद्को घटनामा परेर १ सय ९९ जना घाइते भएका छन् भने ५० जना बेपत्ता भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको र बेपत्ताको खोजीकार्य भइहरेको जनाइएको छ ।