खोलामा डुबेर बेपत्ता बालिकाको शव भेटियो
रौतहट । रौतहटमा खोलामा डुबेर बेपत्ता भएकी एक बालिकाको शव भेटिएको छ ।
जिल्लाको गरुडा नगरपालिका ९ स्थित डोरा खोलामा डुबी बेपत्ता भएकी स्थानीय प्रिन्जमा कुमारी दासको शव भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, मंगलबार साँझ ५ बजेदेखि गरुडा नगरपालिका ९ स्थित डोरा खोलामा डुबी बेपत्ता भएकी उनको बुधवार दिउँसो २ बजेमात्रै शव भेटिएको हो ।
मृतक बालिकाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाइएको र घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
