पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध

तु खबर संवाददाता
२०८१ श्रावण २३, बुधबार ०९:०३
file photo

चितवन । पहिरोका कारण पृथ्वी राजमार्ग आज बिहानैबाट अवरुद्ध बनेको छ ।

चितवनको इच्छाकामना गाउँपालिका–४ नाग्दी खोलामा ढुङ्गासहितको पहिरो जाँदा उक्त सडकखण्ड अवरुद्ध बनेको चितवन प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, बिहान ७ः४० बजेको समयमा पहिरो खस्दा सो सडकहरू दुई तर्फी नै अवरुद्ध भएको हो ।

सडक खुलाउनका लागि प्रहरीसहितको टोली पहिरो खसेको स्थानमा गएको जनाइएको छ ।