मकवानपुरका ४७ जना डेंगु पुष्टि

तु खबर संवाददाता
२०८१ श्रावण २२, मंगलवार १७:५४
file-photo

मकवानपुर । मकवानपुरमा जिल्लाका ४७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा थप ३ जनामा डेंगु संक्रमण पुष्टि भएसँगै कूल संख्या ४७ पुगेको हो ।

उक्त तथ्याङ्क साउन १ गतेदेखि साउन २२ गते मंगलबार दिउँसोसम्मको रहेको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । जनस्वास्थ्य कार्यालयका अनुसार, डेंगु संक्रमण पुष्टि हुनेमा १७ जना महिला र ३० जना पुरुष रहेका छन् ।

सो अवधिमा जिल्लाको हेटौंडा उपमहानगरपालिकामा ११ पुरुष र २६ महिला गरी ३७ जना, मकवानपुरगढी गाउँपालिकाका २ पुरुष र २ महिला गरी ४ जना, मनहरी गाउँपालिकाका २ पुरुष, बकैया गाउँपालिकाका एक पुरुष र एक महिला गरी २ जना र अन्य जिल्लाका एक महिलामा डेंगु संक्रमण पुष्टि भएको हो ।

जिल्लामा सो अवधिमा डेंगु संक्रमणका कारण कुनै पनि व्यक्तिको निधन नभएको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।