आज भारी वर्षा हुने, मनसुन बुधबारसम्म सक्रिय रहने

तु खबर संवाददाता
२०८१ श्रावण २२, मंगलवार ०९:२०
file-photo

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टामा देशका केही स्थानहरुमा भारी वर्षा हुने जनाएको छ ।

महाशाखाले आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको हो ।

आज प्रायः सबै प्रदेशका थोरै ठाउँमा भारी वर्षा हुने र धेरै ठाउँमा मेघगर्जन/चट्याङ्गसहित वर्षाको सम्भावना रहेको जनाइएको छ ।

केही दिन अत्यधिक वर्षा निरन्तर हुने र बाढी–पहिरोको जोखम हुने भएको भन्दै महाशाखाले सतर्क अपनाउन सबैलाई अनुरोध गरेको हो ।

महाशाखाले जारी गरेको विषेश बुलेटिनमा मनसुन न्यून चापीय रेखा नेपालको नजिक आएकोले बुधबारसम्म मनसुन सक्रिय रहने उल्लेख छ । यो समय अति जोखिम हुने भएकोले प्रतिकार्यका लागि समेत तयार रहन भनिएको छ ।