सोमबार नेप्से ४०.७६ अंकले वृद्धि

तु खबर संवाददाता
२०८१ श्रावण २१, सोमबार १५:५२
file-photo

काठमाडौं । आज साता कारोबारको दोस्रो दिन अर्थात सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा वृद्धि आएको छ ।

आज नेप्से ४० दशमलव ७६ अंकले वृद्धि भएको हो । सोमबार १ दशमलव ४७ प्रतिशतले बढेर २ हजार ७ सय ९६ दशमलव ३८ को बिन्दुमा कायम भएको हो ।

यस्तै, आज ३ सय २६ कम्पनीको ४ करोड ९७ लाख ७३ हजार ७ सय ३० कित्ता शेयर २ लाख ३८ हजार ७८ पटक खरिदबिक्री भएको छ भने रु २१ अर्ब ८६ करोड ४९ लाख ९२ हजार दुई सय ७७ बराबरको कारोबार भएको जनाइएको छ ।

आज ८ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।