सिनामंगलस्थित एक गेस्ट हाउसमा पुरुष–महिला मृत अवस्थामा फेला
काठमाडौं । काठमाडौं महानगरपालिका–९ सिनामंगलस्थित एक गेस्ट हाउसमा महिला र पुरुष मृत अवस्थामा फेला परेका छन् ।
मृत अवस्थामा फेला पर्नेहरुमा बाजुराको त्रिवेणी नगरपालिका–४ का २३ वर्षीय भरतबहादुर सार्की र सोही ठाउँकी करिब २० वर्षकी करिष्मा सार्की रहेका छन् ।
शान्ता कार्कीले सञ्चालन गरेको उक्त होटलमा साउन १५ गतेदेखि बस्दै आएका उनीहरु आज (शुक्रबार) मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी प्रहरी काठमाडौंले जनाएको छ ।
प्रहरीका अनुसार, १२ बजेसम्म पनि खाना खान नआएपछि बोलाउन गएको र बोलाउँदा पनि कुनै प्रतिक्रिया नदिएपछि होल संचालकले प्रहरीलाई खबर गरिएको थियो ।
प्रहरीले आएर ढोका खोलेर हेर्दा दुबै जना मृत अवस्थामा फेला परेको र घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
