विपद्को घटनामा परेर १४५ जनाको मृत्यु, ४७ जना बेपत्ता

तु खबर संवाददाता
२०८१ श्रावण १६, बुधबार १८:३४

काठमाडौं । देशभर गत जेठ २८ गतेदेखि विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्को घटनामा परेर बुधबार दिउँसोसम्म १ सय ४५ जनाको मृत्यु भएको छ ।

बाढी, पहिरो लगायतका विपद्को घटनामा परी कोशी प्रदेशमा २४ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा ३१ जना, गण्डकी प्रदेशमा ४२ जना, लुम्बिनी प्रदेशमा २४ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा १ सय ४५ जनाको मृत्यु भएको हो ।

यस्तै, सो अवधिमा विपद्को घटनामा परेर १४७ जना घाइते भएका छन् । घाइते हुनेहरुमा कोशी प्रदेशमा ३७ जना, मधेश प्रदेशमा १० जना, बागमती प्रदेशमा १९ जना, गण्डकी प्रदेशमा ३४ जना, लुम्बिनी प्रदेशमा ९ जना, कर्णाली प्रदेशमा ५१ जना र सुदूरपश्चिम प्रदेशमा १४ जना रहेका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै, बाढीपहिरोमा परेका ७३ जनाको उद्दार गरिएको भने ४७ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी प्रहरीले जनाएको छ ।