आज साउन १५ अर्थात खीर खाने दिन
मकवानपुर । आज साउन १५ गते अर्थात खीर खाने दिन । नेपालीहरुले मंगलबार घरपरिवार, इस्टमित्र र चेलीबेटीलाई बोलाएर खुसियालीका साथ खीर खाएर रमाईलो गरी यो पर्व मनाउँदै छन् ।
असार १५ मा दही चिउरा भोजन गर्दै रोपाइँ गरेका रोपाहार तथा सहयोगीहरुले असारको व्यवस्तताबाट केही राहत मिलेपछि साउन १५ मा खीर खाने गर्दछन् ।
वर्षाको झरीमा भिजेको शरीरलाई निरोगी बनाउन तथा उर्जामय राख्न खीर खाने गरिएको मानिन्छ ।
