यी हुन् आज सर्वाधिक कारोबार भएका १० कम्पनी

तु खबर संवाददाता
२०८१ श्रावण १४, सोमबार १६:०५
file-photo

काठमाडौं । आज शेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक २० दशमलव ६३ अकंले घटेर २६६० दशमलव ९३ बिन्दुमा पुगेर रोकिएको हो ।

शेयर बजार ओरालो लाग्दा शिवम सिमेन्टसको सर्वाधिक कारोबार भएको छ । सो कम्पनीको आज ६१ करोडको शेयर कारोबार भएको जनाइएको छ ।

यसैगरी, सर्वाधिक कारोबार हुनेमा कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा, प्रभु बैंक, नेपाल फाइनान्स, ङादी गुप्र, ग्लोबल आइएमई बैंक, सिईडिबी हाईड्रोपावर, चिलिमे हाईड्रोपावार र एनआरएन इन्फ्रास्टक्चर रहेका छन् ।