गोरखामा पहिरोमा पुरिएर बेपत्ता भएका ३ जनाको शव भेटियो

तु खबर संवाददाता
२०८१ श्रावण १४, सोमबार १५:२४
सांकेतिक तस्वीर

गोरखा । गोरखामा पहिरोमा पुरिएर बेपत्ता भएका ३ जनाको शव भेटिएको छ । जिल्लाको धार्चे गाउँपालिका–५, रेसेफाँटको पहिरोमा बेपत्ता भएका ५ जनामध्ये ३ जनाको शव भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, ६० वर्षीय सुलाल कान्छा गुरुङ, उनका छोरा ३७ बर्षीय जीतबहादुर गुरुङ र बुहारी ३५ वर्षकी कान्छीमाया गुरुङको शव भेटिएको हो ।

शनिबार गण्डकी गाउँपालिका–८ बर्खेघाटस्थित फिस्लिङ नदी किनारमा एक महिलाको शव फेला परेको थियो । उक्त शव त्यही पहिरोले बगाएर ल्याएको कान्छीमायाको भएको पुष्टि भएको जनाइएको छ ।

आइतबार बिहान करिब ३ बजे गएको पहिरोमा पुरिएर सोही वडास्थित सिङ्लाका ३३ बर्षीय रमेश गुरुङ र सोही फर्ममा ट्याक्टर चालकको रुपमा काम गर्ने २४ बर्षीय रमेश परियार बेपत्ता भएका छन् । उनीहरुको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।