गोरखाको धार्चेमा पहिरोमा पुरिएर तीन जना बेपत्ता

तु खबर संवाददाता
२०८१ श्रावण १३, आईतवार ०८:५६

पोखरा । गोरखाको धार्चेमा पहिरोमा पुरिएर तीन जना बेपत्ता भएका छन् ।

जिल्लाको धार्चे गाउँपालिका–५, रेसा भन्ने गाउँमा पहिरोले घर र गोठ बगाउँदा तीन जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, उक्त पहरोमा परेर ५ जना पुरिएका थिए । तीमध्ये २ जनाको जिवित नै उद्धार भइसकेको र अन्य तीन जना बेपत्तान भएका हुन् ।

हाल घटनास्थलमा प्रहरी टोली रहेको र घटनाको बारेमा आवश्यक अनुसनधानका साथै बेपत्ताको खोजीकार्य भइरहेको जनाइएको छ ।