तिनाउ नदीमा डुबेर १२ वर्षीय बालकको मृत्यु

तु खबर संवाददाता
२०८१ श्रावण १२, शनिबार ०९:२५

बुटवल । बुटवलको तिनाउ नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बागलुङको बरेङका १२ वर्षीय विवश खत्री रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, शुक्रबार बुटवल उपमहानगरपालिका–११ श्रृजनानगरमा आफन्तकोमा आएका २ बालक नदीमा पौडी खेल्ने क्रममा बगेर बेपत्ता भएका थिए । तीमध्ये खत्रीको शव पौडी खेलेको स्थान भन्दा केही तल नदी छेउमा भेटिएको हो ।

यस्तै, सैनामैना नगरपालिका बस्ने ८ वर्षीय बिप्रन पाण्डे तिनाउ नदीमा बगेर बेपत्ता भएका छन् । खत्री र पाण्डे दिदी–बहिनीका छोराहरु हुन् ।

पौडी खेल्न गएका ३ जनामध्ये दुई जनालाई नदीले बगाएको देखेपछि सँगै गएका अर्का बालकले आफन्तलाई खबर गरेको प्रहरीले जनाएको छ ।

बेपत्ता पाण्डेको खोजीकार्य भइरहेको जनाइएको छ ।