रामेछापमा पहिरोमा पुरिएर तीन जनाको मृत्यु
काठमाडौं । रामेछापको गोकुलगंगा गाउँपालिका–६ फर्पुमा बिहीबार राति पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको छ ।
स्थानीय विमान तामाङको घरमाथि पहिरो खस्दा उनकी छोरी १८ वर्षीया सीता तामाङ, छिमेकी पेमा तामाङकी छोरी १५ वर्षीया आशिका दोङ र अर्का छिमेकी पदम तामाङकी छोरी १३ वर्षीया लक्ष्मी तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, राति स्थानीय र प्रहरीले पन्छाएर शवहरु बाहिर निकालेका थिए ।
यस्तै, पहिरोले जोखिममा परेका चारवटा घरबाट स्थानीय बासिन्दाको उद्धार गरिएको छ ।
