हेटौंडामा राप्ति खोलाले बगाउँदा एक जनाको मृत्यु

तु खबर संवाददाता
२०८१ श्रावण १०, बिहीबार १६:३३

मकवानपुर । मकवानपुरको हेटौंडामा राप्ति खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । आज बिहान हेटौंडा–१०, स्थित राप्ति खोलाले बगाउँदा एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा हेटौंडा–१, जरुवाटोलस्थितमा बिगत केही समय पहिलादेखी तरकारी बजारमा तरकारी लोड–अनलोड गरी ज्यालादारीमा काम गर्ने राजु पन्त रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मकवानपुर प्रहरीका अनुसार, सवा १० बजेको समयमा खोलाले बगाउँदा गम्भीर बिरामी भएका उनलाई तत्काल उद्दार गरी उपचारको लागि हेटौंडा अस्पतालमा लगिएको थियो ।

उनको सोही अस्पतालमा १० हजेर ४० मिनेको समयमा चिकित्सकले मृत घोषणा गरेको जनाइएको छ ।

उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।