बागमती सरकारले विपद् समन्वय समितिलाई ५ करोड २० लाख रुपैयाँ दिने

तु खबर संवाददाता
२०८१ श्रावण १०, बिहीबार ०९:३०

मकवानपुर । बागमती प्रदेश सरकारले विपद् समन्वय समितिलाई ५ करोड २० लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

प्रदेशको बुधबार बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको कृषि तथा पशुपंक्षी मन्त्री प्रकाश श्रेष्ठले जानकारी दिए ।

मन्त्री श्रेष्ठका अनसार, बैठकले विपद् व्यवस्थापनलाई तत्काल उद्दार थप प्रभाबकारी तुल्याउन प्रदेशको १३ वटै जिल्लाका विपद् समन्वय समितिलाई उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

बैठक नवनियुक्त मुख्यमन्त्री बहादुर सिं लामाको अध्यक्षमा बसेको हो ।