बागमती प्रदेशः एमालेले टुंगो लगायो मन्त्रीको नाम

तु खबर संवाददाता
२०८१ श्रावण ८, मंगलवार १६:४७
file-photo

मकवानपुर । बागमती प्रदेश सरकारमा सहभागी हुन नेकपा एमालेले आफ्नो भागमा परेको मन्त्रालयको जिम्मा दिन मन्त्रीको नाम टुंगो लगाएको छ ।

एमालेले आफ्नो भागमा परेको ६ मन्त्रालयको जिम्मा दिन मंगलबार मन्त्रीको नाम टुंगो लगाएको हो ।

जसअनुसार, प्रकाश श्रेष्ठलाई कृषि तथा पशुपन्छी मन्त्रालय, किरण थापा मगरलाई स्वास्थ्य मन्त्रालय, कृष्ण सिलवाललाई वन तथा वातावरण मन्त्रालय, सुकमाया तामाङलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, अमन मास्केलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र प्रेमभक्त महर्जनलाई श्रम रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइने भएको छ ।

तीमध्ये श्रेष्ठ बाहे्क अन्य सबै जना अनुहारका हुन् । श्रेष्ठ भने शालिकराम जम्कट्टेल नेतृत्वको सरकारमा उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री बनेका थिए ।