बेवारिसे अवस्थामा पुरुषको शव भेटियो

तु खबर संवाददाता
२०८१ श्रावण ८, मंगलवार १०:३८
सांकेतिक तस्वीर

रौतहट । रौतहटको गरुडा नगरपालिकास्थित झाँझ खोलामा आज बिहान बेवारिसे अवस्थामा एक जना पुरुषको शव भेटिएका छ ।

गरुडा–५ स्थित झाँझखोलमा हाल नाम, थर, वतन नखुलेको अन्दाजी ५५ वर्षीय एक पुरुषको शव भेटिएको सशस्त्र प्रहरी रौतहटले जनाएको छ ।

प्रहरीका अनुसार, बिहान ८ बजे खोलाको पानीमा उक्त शव तैरिरहेको अवस्थामा स्थानीयले देखेर सुरक्षा बेश दुधियाभारमा जानकारी गराएका थिए ।

उक्त पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल गौरमा पठाएको जनाइएको छ ।