बागमतीमा सवारी कारबाहीबाट १७ करोड ७८ लाख राजस्व संकलन

तु खबर संवाददाता
२०८१ श्रावण ८, मंगलवार ०९:५४

मकवानपुर । बागमती प्रदेशमा सवारी साधन कारबाहीबाट रु १७ करोड ७८ लाखभन्दा बढी राजस्व रकम संकलन गरिएको छ ।

प्रदेशमा गत आर्थिक वर्ष २०८०–०८१ मा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनबाट १७ करोड ७८ लाख १७ हजार रुपैयाँ बराबरको राजस्व रकम संकलन गरेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनले जनाएको छ ।

प्रहरीका अनुसार, प्रदेशको काठमाडौं उपत्यकाबाहेकका १० जिल्लाबाट ट्राफिक प्रहरीले सञ्चालन गरेको विशेष अभियानका क्रममा दुई लाख २८ हजार दुई सय दुई सवारीमाथि कारबाही गरी सो रकम बराबरको जरिवाना संकलन गरिएको हो ।

प्रदेशमा गत आर्थिक वर्ष २०७९–०८० मा दुई लाख ९१ हजार दुई सय ९३ सवारीमाथि कारबाही गरी रु २६ करोड ३६ लाख ८३ हजार पाँच सय राजस्व सङ्कलन गरेको थियो ।

क्षमताभन्दा बढी यात्री बोक्ने, तीव्र गतिमा सवारी चलाउने, बिनाहेलमेट मोटरसाइकल चलाउने प्रवृत्ति बढेकाले सवारी जाँचमा कडाइ गरिएको जनाइएको छ ।