बाढी, पहिरो लगायतका विपद्को घटनामा परेर १३१ जनाको मृत्यु
काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्को घटनामा परी सोमबार दिउँसोसम्म १ सय ३१ जनाको मृत्यु भएको छ ।
बाढी, पहिरो लगायतका विपद्मा परी कोशी प्रदेशमा २२ जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा २७ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा ९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, उक्त विपद्को घटनामा परेर कोशी प्रदेशमा ३४ जना, मधेश प्रदेशमा ९ जना, बागमती प्रदेशमा १६ जना, गण्डकी प्रदेशमा २९ जना, लुम्बिनी प्रदेशमा ९ जना, कर्णाली प्रदेशमा ३३ जना र सुदूरपश्चिम प्रदेशमा १४ जना गरी जम्मा १ सय ४४ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ ।
प्रहरीका अनुसार, विपद्को घटनामा परेरका ६६ जनाको उद्दार गरिएको छ । जसमा कोशीका ४९ जना, गण्डकीका १२ जना र सुदूरपश्चिमका ५ जना रहेका छन् ।
बाढी, पहिरोमा परी कोशी प्रदेशमा २ जना, मधेश प्रदेशमा १ जना, बागमती प्रदेशमा २ जना, गण्डकी प्रदेशमा १ जना, लुम्बिनी प्रदेशमा १ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा १ जना गरी ९ जना वेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी रहेको जनाइएको छ ।
