आज कतिमा कारोबार हुँदैछ सुनचाँदी ?
काठमाडौं । सोमबार नेपाली बजारमा सुनको भाउ सामान्य बढेको छ भने चाँदी भाउ सामान्य घटेको छ ।
आज सुन प्रतितोला एक सय रुपैयाँले बढेको छ भने चाँदी प्रतितोला २० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार, भाउ बढेसँगै आज छापावाल सुन प्रतितोला १ लाख ४६ हजार ३०० रुपैयाँ कायम भएको छ भने तेजावी सुन प्रतितोला १ लाख ४५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि आइतबार छापावाल सुन तोलामा १ लाख ४६ हजार २०० रुपैयाँ र तेजाबी सुन तोलामा १ लाख ४५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज भाउ घटेसँगै चाँदी प्रतितोला १ हजार ७९० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदीको भाउ तोलामा १ हजार ८१० रुपैयाँमा कारोबार भएको थियो ।
