रास्वपाको संसदीय दलको बैठक ११ बजे बस्ने

तु खबर संवाददाता
२०८१ श्रावण ६, आईतवार १०:४०
file-photo

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज बिहान ११ बजे बस्ने गरी बोलाइएको छ ।

बैठक सिंहदरबारस्थित दलको कार्यालयमा बस्ने गरी बोलाइएको रास्वपाका कार्यबहाक प्रवक्ता मनिष झाले जानकारी दिए ।

कार्यबहाक प्रवक्ता झाका अनुसार, आज दिउँसो १ बजे प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिंदैछन् । सोही बैठकमा कसरी प्रस्तुत हुने विषयबारे छलफल गर्न बैठक बस्न लागेको हो ।

रास्वपाले यसअघि नै प्रधानमन्त्रीलाई विश्वासको मन नदिने निर्णय गरिसकेको छ ।