प्रधानमन्त्री ओलीलाई राप्रपाले विश्वासको मत नदिने
काठमाडौँ । प्रधानमन्त्री केपी ओलीलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले विश्वासको मत नदिने भएको छ ।
आफूहरुले अघि सारेको संविधान संशोधनको मुद्दामा सघाउन तयार रहेको बताउँदै अहिले विश्वासको मत दिने आधार तयार नभएको अध्यक्ष राजेन्द्र लिङ्देनले बताए ।
अहिले सत्ता टिकाउनको लागि आफूहरुको मत आवश्यक पनि नभएको उनको भनाई छ । संविधान संशोधनका लागि नयाँ सरकार बनेको भनिए पनि पछिल्ला गतिविधिहरुले आशंका गर्ने धेरै ठाउँ देखाएको बताए ।
राप्रपाले सरकारका कामकारबाही हेरेर आगामी दिनमा थप निर्णय लिने उनको भनाइ छ ।
