ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु
पोखरा । मुस्ताङमा शुक्रबार ढिस्कोले पुरिएर २ मजदुरको मृत्यु भएको छ ।
घरपझोङ गाउँपालिका ५ ढुम्बामा गुम्बाको नाला खन्ने क्रममा ढिस्को झरेर पुरिँदा दुई मजदुरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा सर्लाहीको लालबन्दी नगरपालिका १५ का २३ वर्षीय होमबहादुर बुढाथोकी र दाङको गढवा गाउँपालिका १ घर भएका २३ वर्षकै रवि दर्लामी रहेका छन् ।
ढिस्कोले पुरिएर उनीहरूको घटनास्थलमै मृत्यु भएको मुस्ताङ प्रहरीले जनाएको छ ।
मृतक दुबै शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ भने प्रहरीले घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
