एमालेको सचिवालय बैठक आह्वान

तु खबर संवाददाता
२०८१ असार २४, सोमबार ०९:२९
file-photo

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आह्वान गरिएको छ ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले असार २५ गते मंगलबार दिउँसो १ बजे बस्ने गरी बैठक आह्वान गरेको जानकारी दिए ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, नेताहरूको कार्यविभाजन लगायतका विषयमा छलफल हुने प्रचार विभाग प्रमुख गौतमले बताए ।

बैठक ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा बस्ने उनको भनाई छ ।