बाढी–पहिरो पीडितको उद्धार र राहतमा सक्रिय हुन प्रधानमन्त्रीको निर्देशन

तु खबर संवाददाता
२०८१ असार २३, आईतवार ०८:४४
file-photo

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले बाढी–पहिरो पीडितको उद्धार तथा राहतमा सक्रिय हुन सरकार निकायलाई निर्देशन दिएका छन् ।

अविरल वर्षापछि आएको बाढी–पहिरोका कारण देशका विभिन्न भु–भागमा भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाल सरकारका सम्पूर्ण निकायलाई उद्दार र राहतमा सक्रिय हुन निर्देशन दिएका हुन् ।

सरकारको प्रयासमा सार्थक हातेमालोका निम्ति राजनीतिक दल, नागरिक समाज र सामाजिक संस्थाहरूसँग पनि उनले आग्रह गरेका छन् ।

यस वर्ष उच्च वर्षा हुने प्रक्षेपण भइरहेकाले बाढी–पहिरोबाट हुनसक्ने सम्भावित क्षति र जोखिम न्यूनीकरण गर्न व्यवस्थित सरकारले विपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरण समितिको बैठक राखेर आवश्यक तयारीको काम गरिरहेको उनको भनाई छ ।