राजेन्द्र महतोद्वारा विस्तारित बैठक आह्वान

तु खबर संवाददाता
२०८१ असार १८, मंगलवार १६:०९
file-photo

काठमाडौं । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले विस्तारित बैठक आह्वान गरेको छ । बैठक असार २० र २१ गते काठमाडौंमा बस्ने गरी आह्वान गरिएको हो ।

बैठकमा संगठन निर्माण, कार्यक्रम, कार्ययोजनालगायतको विषयमा छलफल हुने क्रान्तिका नेता सन्तोष मेहताले जानकारी दिए ।

यसअघि बसेको विस्तारित बैठकले जेठ ७ देखि असार १ गतेसम्मका लागि तय गरेको सम्पूर्ण कार्यक्रम सम्पन्न गरेको छ । अब अगामी कार्यक्रम तथा कार्ययोजना र संघर्षका कार्यक्रम तय गर्नका लागि बैठक बस्न लागेको उनको भनाई छ ।