एमालेबाट सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा दिँदै
काठमाडौं । नेकपा एमालेबाट सरकारमा सहभागी भएका मन्त्रीहरुले राजीनामा दिने भएका छन् ।
नेपाली कांग्रेससँग नयाँ सरकार गठनका लागि सहमति गरेसँगै पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट एमालेका मन्त्रीहरूले राजीनामा दिने भएका हुन् ।
सोमबार मध्यरातमा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने दुई ठुला दलबिच सहमति भएको थियो ।
अहिले मन्त्रीहरूले राजीनामा बुझाउन जानेबारे छलफल भइरहेको जनाइएको छ ।
