नेता जितेन्द्रनारायण देव एमाले प्रवेश
काठमाडौं । नेपाली कांग्रेसका नेता जितेन्द्रनारायण देव नेकपा एमालेमा प्रवेश गरेका छन् । नेता देव कांग्रेस परित्याग गरी एमालेका प्रवेश गरेका हुन् ।
सप्तरी निवासी उनलाई सोमबार एक कार्यक्रमबीच एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले पार्टीमा स्वागत गरेका छन् ।
कांग्रेस पूर्व केन्द्रीय सदस्य रहेका देव संविधान सभा सदस्य तथा राष्ट्रि सभा सदस्य बनेका थिए ।
