एमाले संसदीय दलको बैठक शनिबार बस्ने गरी आह्वान
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक आह्वान गरेका छन् ।
भोलि असार १ गते शनिवार बस्ने गरी दलको बैठक आह्वान गरिएको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।
प्रमुख सचेतक बर्तौलाका अनुसार, बैठक शनिबार दिउँसो २ बजे संसद् भवन नयाँ बानेश्वरस्थित लोत्सेहलमा बस्नेछ ।
उक्त बैठकमा समसामयिक विषयमा छलफल हुने प्रमुख सचेतक बर्तौलाले बताए ।
