अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन मङ्सिरमा हुने
काठमाडौं । नेकपा माओवादी निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को राष्ट्रिय सम्मेलन आगामी मंसिरमा हुने भएको छ ।
बिहीबार माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडा बसेको केन्द्रीय पदाधिकारी बैठकले उक्त निर्णय गरेको हो । बैठकले २३ औँ राष्ट्रिय सम्मेलन मङ्सिर २५, २६ र २७ गते गर्ने निर्णय गरेको हो ।
साथै आगामी भदौ २५ मा विधान सम्मेलन गर्ने निर्णय गरिएको फ्याक्सन इन्चार्ज हिमाल शर्माले जानकारी दिए ।
